Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


पठाओ नेपालका एमडी असीममान सिंह बस्न्यात पदबाट बाहिरिए


2.6k
Shares

काठमाडाैं । राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात पदबाट बाहिरिएका छन्।

कम्पनीका अनुसार बस्न्यात मंगलबारदेखि औपचारिक रूपमा जिम्मेवारीबाट अलग भएका हुन्। सन् २०१८ मा नेपालमा सेवा सुरु गरेको पठाओलाई प्रारम्भिक चुनौतीबीच स्थापित गर्न बस्न्यातको नेतृत्व महत्वपूर्ण मानिएकाे छ ।

उनको कार्यकालमा कम्पनीले राइड–सेयरिङ संस्कृतिको विस्तार गर्दै देशभर सेवा फैलाएको थियो। हाल पठाओ नेपाल सातै प्रदेशमा सञ्चालनमा रहँदै विभिन्न डिजिटल सेवातर्फ विस्तार भइरहेको छ।