एजेन्सी । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इसहाक डारले अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि मध्यस्थताका प्रयासहरू भइरहेको जानकारी दिनुभएको छ ।
उहाँले मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै यी प्रयासहरूबाट ‘महत्वपूर्ण प्रगति’ हुनेमा आफू विश्वस्त रहेको बताउनुभएकाे हाे। पाकिस्तानले युद्धविराम सुरक्षित गर्न र संवादलाई प्राथमिकता दिन दुवै पक्षसँग निरन्तर सम्पर्क गरिरहेको विदेशमन्त्री डारले उल्लेख गर्नुभयो । उहाँले काअनुसार सबै पक्षलाई मान्य हुनेगरी शान्तिपूर्ण समाधान खोज्नु नै पाकिस्तानको मुख्य उद्देश्य रहेको बताउनुभएकाे छ ।
विभिन्न देशहरूको समर्थनमा जारी वर्तमान परामर्श र छलफलले यो युद्धलाई दुवै पक्षको हित हुने (विन–विन) गरी समाधान गर्न सहयोग पुग्नेमा विदेशमन्त्री डारले आशा व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्