Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मनास्लुले जित्याे वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबलकाे उपाधि

बाल व्यवसायी केन्द्र मावि भने २-० गोल अन्तरले पराजित

91
Shares

काठमाडौं । चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन मनास्लुले जितेको छ ।

चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मंगलबार भएको फाइनल खेलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० गोलले पराजित गरेकाे हाे। मनास्लुको जितमा ‘म्यान अफ दि म्याच’ विमल तामाङ र संगम तामाङले एक-एक गोल गरेका थिए । उपाधिसँगै मनास्लुले ३० हजार रुपैयाँ पुरस्कार पायो । बाल व्यवसायीले १५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा मनास्लुका संगम तामाङ सर्वोत्कृष्ट खेलाडी, मनास्लुका विमल तामाङ उत्कृष्ट खेलाडी, बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर, मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक एवं क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित भएका छन्।

सबै जनाले जनही २५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन्। विजेतालाई विराटजंग शाही र आयोजक वडा-७ का अध्यक्ष विमलकुमार होडा लगायतले पुरस्कार प्रदान गरेका थिए।