काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएकाे खेलमा कोलकताले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हाे । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो ।
हैदरावादले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य कोलकाताले १० बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेकाे हाे । त्यसअघि टस जितेर ब्याटिङका लागि आएको हैदरावादले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो ।
।










प्रतिक्रिया दिनुहोस्