Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


धितोपत्र बोर्डको अध्यक्ष पदकाे लागि आवेदन आह्वान (सूचनासहित)

वित्तीय तथा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख

273
Shares

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेश गर्न अनुरोध गरेको हो। अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा कानून क्षेत्रमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने जारी सूचनामा उल्लेख गरिएकाे छ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने मन्त्रालयले जनाएकाे हाे। आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाणित कागजातहरू तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्ने भएकाे छ।

आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाुमा रहेको समितिको सचिवालयमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएकाे हाे ।