Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


आईसीसी विश्वकप लिग-२ मा यूएईकाे ओमानमाथि शानदार जित


338
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई २५ रनले पराजित गरेकाे छ ।

त्रिवि क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा यूएईले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभर ५ बलमा २४३ रन बनाउँदा सबै विकेट गुमाएकाे हाे । ओमानका विनायक शुक्लाले नटआउट ५८ रन बनाएका थिए । यूएईका अजय कुमारले ६ विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६८ रन बनायो । यूएईका अर्यांश शर्माले १ सय ५, अदीप उस्मानीले ६४ र हरप्रीत सिंहले ५४ रन बनाएका छन्। ओमानका शाह फैसलले ३ विकेट लिए ।

यो जितसँगै यूएईले लिग–२ तालिकामा २२ खेलमा १२ अंक जोडेर पुछारमा रहेकाे छ । ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेकाे हाे । साथै लिग–२ मा बुधबार नेपालले ओमानकाे सामना गर्ने भकाे छ। नेपाल लिग–२ तालिकामा २१ खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेकाे हाे ।