Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सरकारले नागरिकलाई धरपकड गर्न हुँदैन : हर्कराज राई


390
Shares

काठमाडाैं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नागरिकलाई धरपकड गरेकोमा आपत्ति जनाउनुभएको छ ।

सरकारले गरिखाने नागरिकलाई विकल्प नदिई घाँटीमा न्याँक्ने, घोक्रयाँई मुन्ट्याँई गर्ने गरेको देखिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हो ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले नागरिकको गाँस, बास र कपासजस्तो आधारभुत आवश्यकता पूर्ति हुनेगरी सडकमा गरेको व्यवसायलाई विकल्प नदिई हटाउने कुरा उचित नभएको बताउनुभयो । सरकारले गाँसका लागि सडकमा व्यवसाय गरिरहेकाहरुलाई धरपक्कड गर्ने कुराले मुलुकमा चोरी, लुटपाट र ठगी लगायतका अपराधका घटनाहरुलाई बढावा दिने अध्यक्ष राईको भनाई थियो ।

उहाँले भन्नुभयो,‘म सरकारलाई सल्लाह दिन चाहन्छु–त्यो नागरिकलाई घाँटीमा न्याँकेको देखिन्छ, कहिले व्यवसायीलाई घोक्र्याई मुन्ट्याँई गरेको देखिन्छ । त्यो केन्द्र सरकारले ग¥यो वा प्रदेश सरकारले ग¥यो वा स्थानीय सरकारले ग¥यो ? जसले गरेपनि त्यो त केन्द्र सरकारको मातहतमा रहन्छ नि सबै कुरा । त्यो चाँही राम्रो देखिएन । त्यसो नगरौ भन्ने सल्लाह दिन्छु म चाहीँ । सबभन्दा पहिलो अधिकार चाँही मान्छेको मात खाने हुन्छ । हाम्रो बेसिक निड भन्छौँ नि त्यसमा गाँस, बास र कपास पर्दछ । अव भात खानका लागि मानिसहरुले व्यवसाय गरिराखेको हुन्छ ।

कि त्यसलाई विकल्प दिनुप¥यो । त्यही भएको कारणले गर्दा यो चोरी, लुटपाट, ठगीलगायतका कुराहरु मौलाएर जान्छ क्या । अब सडकमा सानो दोकान गरेर उसले खान खोजिराखेको हुन्छ । दोकान राख्न नदिएपछि के गर्छ त ? भरे भोक त लाग्छ फेरि । भोक लागेपछि सरकारले यस्तो नियम लागू गरेको थियो भनेर त मान्दैन पेटले त । त्यसपछि मानिस अपराधिक गतिविधिमा संलग्न हुन जान्छ । त्यसले गर्दा सरकारले धेरै सोचेर अघि बढ्नुपर्दछ ।’

अध्यक्ष राईले सरकारले हरेक गतिविधिलाई अघि बढाउँदा धेरै सोचेर मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव पनि दिनुभयो ।