काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने भएको छ ।
निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।
निर्वाचन समितिले आज चुनावी कार्यतालिका प्रकाशन गरेको हो। जसअनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।
सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ। लगत्तै मतगणना गरिने कार्यतालिका छ। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्