Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


गल्छीबाट गाँजा र चरेशसहित तीनजना पक्राउ


559
Shares

नबराज छत्कुली,धादिङ । अवैध लागूऔषध गाँजा र चरेशसहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन् । उनीहरुलाई १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय संगम श्रेष्ठको घरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सुचना पाएपछि खानतलासीका क्रममा सोही घरमा बसिरहेका जिल्ला बाँके कोहलपुर नगरपालिका-१० का २० वर्षीय छोटु भन्ने कलामुद्दिन अन्सारी र ३५ वर्षीय साहिद अली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

शंकास्पद अवस्थामा रहेको सुटकेस र झोलाभित्र लुकाइराखेको उक्त परिमाणको लागूऔषध फेला परेको हो । प्रहरीले घटनास्थलबाट लागूऔषधका साथै १६ हजार नेपाली रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट अनुसन्धानका लागि १५ दिनको म्याद थप गरिएको छ ।