Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


भारतमा एक पटाका उद्योगमा विस्फोट हुँदा २४ जनाको ज्यान गयो, ६ घाइते


338
Shares

एजेन्सी । भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका कारखानामा आइतबार विस्फोट भएर आगलागी हुँदा करिब २४ जनाको ज्यान गएको छ ।

विस्फोटमा परी ६ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विष्फोटको बेला कार्खानाभित्र ३० जना कामदारले काम गरिरहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने पनि अधिकारीहरुले बताएका छन् ।

विस्फोटबाट कार्खाना रहेको भवनको एउटा पाटो ध्वस्त भएको र विस्फोटको आवाजले गाउँभरी आतंक फैलिएको पनि प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय प्रहरीले आगलागीको कारण खुल्न नसकेको बताएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनामा आफन्त गुमाएका पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

उता, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले पनि सामाजिक सञ्जाल एक्समार्फत पटाका कारखानामा भएको आगलागी र ज्यान गएको घटना ‘दुःखद्’ भएको बताउनुभयाे । घाइतेहरुलाई अस्पताल लगिएको र घटनाको जाँच शुरु भएको बीबीसी हिन्दीले जनाएको छ ।