Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


रास्वपाकाे सचिवालय बैठक बस्दै


403
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।

आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्ने गरी सभापति रवि लामिछानेले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारी लगायतका ६ मुख्य कार्यसूचीमा छलफल हुने रास्वपाले जनाएकाे छ।

रास्वपाका नेताहरुका अनुसार बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ ।

बैठकमा पार्टीको आर्थिक पारदर्शीता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, विज्ञहरू, योजनाहरू आह्वान र विविध एजेन्डा बैठकका लागि तय भएको हाे ।