काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त हुनुभएको छ ।
बैंकका सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिने भएकाले सो पदमा मानन्धरलाई नियुक्त गरिएको हो ।
उक्त बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी जेठ १ गतेबाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।









प्रतिक्रिया दिनुहोस्