एजेन्सी । इजरायल र लेबनानबीच १० दिने युद्धविराम भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको १० दिने युद्धविराम बिहीबाररातिदेखि कार्यान्वयनमा आएको हो । दुई पक्षबीच अमेरिकाको वासिंगटनमा भएको वार्तामा युद्धविराम सम्झौता भएको थियो । लेबनानी राष्ट्रपति जोसेफ आऊनले सम्झौताको स्वागत गर्नुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई शान्तिको लागि ऐतिहासिक अवसर भएकाे बताउनुभयाे ।
लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले यो सम्झौतालाई शर्तसहित पालना गर्ने बताएको छ । युद्धविराम हुनुअघि दुई पक्षबीच ब्यापक हमला भएको थियो । अमेरिका र इजरायलले इरानमा आक्रमण शुरु गरेपछि इजरायलले लेबनानमा पनि हमला तीव्र पारेको थियो । इजरायली आक्रमणमा परि लेबनानमा २ हजार एक सय भन्दा बढीको मृत्यु भईसकेको छ ।









प्रतिक्रिया दिनुहोस्