Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


कमेडी बाजको एक्सनयुक्त टिजर सार्वजनिक, नेपाली रियालिटी शोमा नयाँ प्रयोग


988
Shares

काठमाडौं । नेपाली टेलिभिजन क्षेत्रमा पहिलोपटक एक्सन शैली समेटिएको रियालिटी शो कमेडी बाज को टिजर सार्वजनिक गरिएको छ। शोको टिजरमा एक्सन तत्वलाई विशेष प्राथमिकता दिइएको देखिन्छ, जसले नेपाली रियालिटी शोको प्रस्तुतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित भएकाले पनि टिजरलाई एक्सनसँगै सुरु गरिएको निर्माण टिमले जनाएको छ। उक्त टिजर Sundar Khanal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उनीहरूको प्रस्तुति र केमेस्ट्रीले दर्शकमा थप उत्सुकता बढाएको छ।

निर्माण पक्षका अनुसार अबको एक साताभित्र प्रतियोगी कमेडियनहरूलाई सार्वजनिक गर्दै अर्को प्रोमो पनि ल्याइनेछ।

कमेडी बाज आगामी बैशाखको दोस्रो हप्तादेखि Image Channel HD र Sundar Khanal Official युट्युब च्यानलमार्फत प्रसारण हुने तयारीमा रहेको छ।

यो शोले नेपाली कमेडी रियालिटी क्षेत्रमा नयाँ ट्रेन्ड सेट गर्ने विश्वास गरिएको छ।