काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
बुधबार तोलामा दुई हजार नौ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला एक सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे हाे। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला पाँच हजार दुई सय २० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारेाबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार आठ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्