Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सरकारद्वारा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक


4.4k
Shares

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक गरिएको उक्त विवरण वाचापत्रअनुसार ढिलाइ भएको भन्दै आलोचना बढेपछि सार्वजनिक गरिएको हो। सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेको विषयमा विभिन्न तहबाट प्रश्न उठ्दै आएका थिए।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा पेस भएका विवरणहरू सार्वजनिक गरिएको जनाइएको छ।

Skip This