Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


ट्रम्प इरानसँगको युद्ध रोक्न तयार


5k
Shares

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमा युद्ध रोक्न तयार रहेको तर, अन्य देशहरुले स्ट्रेट अफ होर्मुजको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

यसअघि अमेरिका र इजरेलले इरानमाथि हमला गरेर ठूलो क्षति पु¥याएपछि इरानले अवरुद्ध गरेको होर्मुज जलमार्ग खुलाउन ६ देशले अमेरिकालाई सहयोग गर्ने बताएका थिए ।

इरानमाथि आक्रमणका लागि बेलायतले पनि आफ्नो भूमी प्रयोगका लागि अमेरिकालाई अनूमति दिने बताएको थियो । ट्रम्पले भने यसलाई ढिला गरिएको निर्णयको प्रतिक्रिया दिनुभएको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताउनुभएको छ । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् ।

बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पले इजरायली सेनाले तेहरानको कुनै पनि ऊर्जा पूर्वाधारलाई लक्षित नगर्ने बताउनुभएको थियो । द्वन्द्व चौथो हप्तामा प्रवेश गर्दा लगानीकर्ताहरू ऊर्जा बजारको बारेमा चिन्ता व्यक्त गरिरहँदा खाडी क्षेत्रका उर्जा केन्द्रहरूको स्वामित्वप्रति नयाँ लगानीकर्ताहरूको रूची प्रायः घटेको छ ।

तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि छ तर इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ को प्रभावकारी बन्दको बीचमा ग्याँसको मूल्य अत्यधिक बढेको छ ।