Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


गत ११ महिनामा विपदका करिब ७ हजार घटना घटे

साढे ४ सय बढीकाे ज्यान गयो, १८ सय बढी घाइते

234
Shares

काठमाडाैं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशैभरी विपदका ६ हजार ७ सय ९९ वटा घटना भएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ११ महिनामा विपदमा परेर ४ सय ६४ जनाको ज्यान गएको हाे । विपदमा परेका ३८ जनाको अवस्था अहिलेसम्म थाहा हुन नसकेकाे जनाइएकाे छ। त्यस्तै, ११ महिनामा १ हजार ८ सय १४ जना घाइते भएका हुन् ।

विपदका कारण १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएका प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले सबै भन्दा बढी आगलागीका घटना भएकाे जनाएकाे हाे। ३ हजार ३ सय ३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ । ११ महिनामा बाढीका ३ सय १८, पहिरोका ५ सय ९०, ठूलो वर्षाका ४ सय २९, चट्याङका ३ सय ६७, सर्पदंशका ५ सय ९२ र डढेलोका २ सय ४६ वटा घटना भएकाे प्राधिकरणले जनाएकाे हाे ।

त्यसैगरी हावाहुरीका २ सय ९२, जनावर आक्रमणका ४ सय ८८ र लेक लागेका १ सय १९ घटना भएकाे प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएकाे छ ।