Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक आज बस्दै

समानुपातिक सांसद छनोट बैठकको मुख्य एजेण्डा

377
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

साेही बैठक आइतबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुने भएकाे हाे।

केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ। पार्टीले समानुपातिकतर्फ २० सिट पाउने भएको छ । गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।