Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेपाली बजारमा आज सुन प्रतितोला ४८ सय रूपैयाँले घट्यो


2.5k
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

गत शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार चार सय ९५ रूपैयाँमा कारोबार भएको थियाे । तर आइतबार चाँदी आप्रतितोला पाँच हजार दुई सय ७० कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस पाँच हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।