Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सर्लाही-४ को उम्मेदवारीले राजनीतिक रूपमा पूर्णता दियाे: सभापति थापा


507
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ ।

काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मधेशको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको उहाँकाे भनाइ छ । विगतका निर्वाचनहरूमा आफैं उम्मेदवार हुँदा आफैंलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यस पटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाकाे बारेमा बताउदै उहाँले दुई वटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिनुभएकाे छ। सभापित थापाले विपक्षीहरूले उक्साउने प्रयास गरे पनि कांग्रेसले संयमता अपनाएको र कुनैपनि अप्रिय घटना हुन नदिने स्पष्ट पार्नुभयो ।

विगतमा मधेशलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महशुस भएको उहाँले स्वीकार गर्नुभयो । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उहाँको दावी छ ।