Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


गगन थापाप्रति रवि लामिछानेकाे कटाक्ष


1.3k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गर्नुभएको छ ।

चितवनमा शुक्रबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गर्नुभएको हो । उहाँले सहकारी वचत रकम अपचलन प्रकरणमा आफूविरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै सभापति थापाप्रति कटाक्ष गर्नुभएको छ । उहाँले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा यहि फागुन २१ गते मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गर्नुभयो । उहाँले नेपाललाई मागिखाने नभई गरी खाने देश बनाउने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

सभापति लामिछानले पाँच वर्षको लागि रास्वपालाई बहुमतका साथ विजयी गराउन अपिल समेत गर्नुभयो ।