Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


कांग्रेसद्वारा कप्तान साम्बालाई पाँच लाख आर्थिक सहयोग


299
Shares

काठमाडाैं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख सहयोग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उनको उपचारका लागि पार्टीको तर्फबाट उक्त सहयोग गरेको जानकारी दिएका छन् ।

साम्बाको उपचारका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं ३४४०१०१०००११३७ मा सो नगद जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सभापति गगन थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Skip This