Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


आईसीसी टी-२० विश्वकप क्रिकेट आज ३ खेल हुँदै

पहिलो खेलमा अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने

533
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् ।

पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे। भारतको दिल्लीमा हुने यो खेल साेमबार बिहान सवा ११ बजेदेखि शुरु हुने भएकाे छ । यो विश्वकपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको हाे। समूह ‘डी’मा अफगानिस्तान अंकविहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ। दुई अंक जोडेको यूएई तेस्रो स्थानमा रहेकाे हाे।

त्यस्तै, दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्डले इटालीसँग सामना गर्ने भएकाे छ। यो खेल भारतको इडन गार्डेनमा साेमबार दिउँसो सवा ३ बजेदेखि शुरु हुने भएकाे हाे । विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको हाे। समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो। एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर ८ पुग्न चाहन्छ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ।

तेस्रो खेलमा अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएकाे हाे। साेही खेल साेमबार बेलुका सवा ७ बजेदेखिर श्रीलंकामा हुने भएकाे छ। यो समूहमा दुई खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ। एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा रहेकाे हाे।

पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले पराजित गरेकाे अस्ट्रेलिया दोस्रो खेलमा भने जिम्बाबेसँग २३ रनले पराजित भएको थियाे ।