Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कुटुम्ब र न्यानो घरको सहकार्यमा काठमाडौंमा संगीत कार्यक्रमकाे आयोजना गरिने


429
Shares

काठमाडाैं । प्रसिद्ध नेपाली लोक वाद्ययन्त्र समूह कुटुम्बाले आगामी अप्रिल २४ तारिखमा हार्ड रक क्याफे काठमाडौंमा विशेष कोष संकलन प्रत्यक्ष संगीत कार्यक्रमकाे आयोजना गर्ने भएकाे छ।

कुटुम्बाले सामाजिक कल्याण र सामुदायिक सहयोगमा समर्पित गैर-नाफामुखी संस्था न्यानो घरसँग सहकार्य गरेकाे हाे । नेपाली साँस्कृतिक सम्पदामा गहिरो जरा गाडेको कुटुम्बले परम्परागत नेपाली सङ्गीतलाई समकालीन संयोजनमार्फत संरक्षण र पुनर्व्याख्या गर्दै आएको छ। यस अर्थपूर्ण सहकार्यमार्फत समूहले सङ्गीतलाई समाजप्रति योगदान गर्ने माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्य राखेको हाे। कार्यक्रमबाट संकलित आम्दानीको एक हिस्सा न्यानो घरका विभिन्न सामाजिक पहलहरूलाई सहयोगस्वरूप प्रदान गरिने समेत जनाउकाे छ।

समुदायमुखी कार्यक्रमलाई प्रवर्द्धन गर्दै आएको स्थल हार्ड रक क्याफे काठमाडौंमा आयोजना हुने यो च्यारिटी कन्सर्टले परम्परागत नेपाली धुन र सामाजिक उद्देश्यलाई एकसाथ जोड्ने भएकाे हाे। कुटुम्बका एक प्रतिनिधिले “सङ्गीत सधैं सम्बन्ध र कथावाचनको माध्यम रहँदै आएको बताएका छन्। न्यानो घरसँगको सहकार्यले आफूहरुलाई मञ्च भन्दा बाहिर पनि समुदायसँग जोडिन र अर्थपूर्ण कार्यमा योगदान दिन अवसर दिएको उनकाे भनाइ थियाे ।

परम्परागत नेपाली धुनहरूलाई उद्देश्यपूर्ण पहलसँग मिसाउँदै दर्शकलाई अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने कुटुम्बले जनाएकाे छ ।