Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


कांग्रेसकाे कार्यसम्पादन समिति बैठक बस्दै


403
Shares

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि आइतबार बिहान साढे ८ बजेकाे लागि बाेलाइएकाे छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार निर्वाचनका कारण अधिकांश सदस्य काठमाडौं बाहिर रहेकाले भर्चुअल बैठक गर्न लागिएको हो।

बैठकमा तीन एजेन्डामाथि छलफल हुनेछ। जसअन्तर्गत प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषय रहेका छन्। बैठकमा समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।

Skip This