Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


राज्यले कसैलाई हराउन र जिताउन लागेमा प्रतिवाद गर्ने अध्यक्ष ओलीकाे चेतावनी

यदि दुई चरणमा निर्वाचन हुने परिस्थिति बनेकाे भए निर्वाचनको मिति सार्न आग्रह

1.2k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन नहुने बताउनुभएको छ ।

झापावासीहरुसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई चरणमा निर्वाचन हुने परिस्थिति हो भने निर्वाचनको मिति सार्न आग्रह गर्नुभयो । निर्वाचनमा धाँधली र अनियमितता हुन नदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले मतपेटिकालाई उम्मेदवार वा उनीहरूका प्रतिनिधिको आँखाबाट एक सेकेन्ड पनि ओझेल हुन नदिनुपर्नेमा जोड दिनुभएकाे छ।

हिमाली जिल्लामा हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन गर्न नहुने बताउँदै उहाँले राज्यका सबै अंग तथा निकायहरू निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । राज्य कुनै एक पक्षलाई जिताउन र हराउन लाग्छ भने त्यसले ठूलो अनिष्ट पैदा गर्ने चेतावनी दिनुभयो । उहाँले यो कुरालाई रोदन नभई प्रतिवाद भएको बताउँदै एमाले निर्वाचन आयोगले दर्ता खुला गरेर चुनाव लड्न बनाएको पार्टी नभई देश बनाउन बनाएको पार्टी भएको दावी गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले धाँधलीरहित शान्तिपूर्ण निर्वाचनको वातावरणका लागि राज्यलाई सचेत गराउनुभयाे ।

Skip This