Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट सेवाग्राहीका लागि खुला


1.9k
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्दै आएको लिफ्ट आइतबारदेखि सर्वसाधारण सेवाग्राहीका लागि खुला गरिएको छ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा उक्त लिफ्ट सेवाग्राहीको प्रयोगका लागि खुला गरिएको हो।

सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय कमलादीस्थित भवनमा सरेपछि सो लिफ्ट निर्माण गरिएको थियो। बालेनले व्यक्तिगत पासवर्ड प्रयोग गरी उक्त लिफ्ट आफैंले मात्रै प्रयोग गर्दै आएका थिए।

महानगरको कार्यालय परिसरको पार्किङ क्षेत्रमा रहेको सो लिफ्ट वरिपरि अन्य व्यक्तिलाई पुग्नसमेत निषेध गरिएको थियो। अब भने उक्त व्यवस्था हटाइएपछि सेवाग्राहीले सहज रूपमा लिफ्ट प्रयोग गर्न पाउने भएका छन्।