Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राष्ट्रपति पाैडेल जापान भ्रमणमा जाँदै


247
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल माघ १८ गते जापान भ्रमणमा जाने लागेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल माघ १८ गतेदेखि २१ गतेसम्म जापानमा रहनेछ। सो अवधिमा आयोजना हुने विभिन्न औपचारिक कार्यक्रम तथा कूटनीतिक भेटघाटमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम तय भएको छ। ७०औँ वर्षगाँठका अवसरमा दुवै देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहकार्य र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यले जापानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।