Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कांग्रेसको नयाँ नेतृत्व छिट्टै अद्यावधिक हुनेमा विश्वस्त छु : सभापति थापा


806
Shares

काठमाडौं ।

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।

विशेष महाधिवेशनका निर्णय अद्यावधिक गराउन बिहीबार निर्वाचन आयोग पुगेका थापाले माघ ६ गतेको समयसीमालाई ध्यानमा राखी शीघ्र निर्णय गर्न आग्रह गरेको जानकारी दिए।

उनले विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भइसकेको भन्दै आवश्यक तथ्य, प्रमाण र कागजात आयोगमा बुझाइएको बताए।

विशेष महाधिवेशन सुरु भएसँगै पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भएको जानकारी पनि समयमै दिइएको उनको भनाइ छ।

बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका हुन्। कांग्रेसले पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको थियो।

Skip This