Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपाली बजारमा सार्पकाे पहिलो प्रिमियम फ्रन्ट लोड वाशर प्रो–वास सार्वजनिक


39
Shares

काठमाडौं । जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी ब्रान्ड सार्प (SHARP) ले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो-वास VIP २०२६’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।

सन् १९९२ देखि विश्वभर उपभोक्ताको विश्वास जित्दै आएको सार्पले यस नयाँ शृङ्खलामार्फत जापानको गुणस्तर, स्थायित्व, प्रविधि नेपाली घरपरिवारसम्म पुऱ्याउने प्रतिबद्धता जनाएको छ।

स्मार्ट, सफा र दीर्घकालीन घरेलु उपकरणको माग बढिरहेको बेला सार्प प्रो-वास VIP शृङ्खलामा अटो टब क्लिन टेक्नोलोजी, ब्रशलेस इन्भर्ट तथा डायमंड इनर टब डिजाइन जस्ता अत्याधुनिक विशेषता समेटेको छ ।

सार्वजनिक कार्यक्रममा सार्प सिंगापुरका प्रबन्ध निर्देशक श्री वू किट च्यूले सार्प दैनिक जीवनसँग आवश्यक पर्ने नवीन प्रविधि प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले नेपालका लागि यो केवल प्रविधिको सुरुवात मात्र नभई वर्तमान र भविष्यका पुस्ताका घरपरिवारलाई सहयोग गर्ने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गरे ।

कम्पनीका अनुसार अटो टब क्लिन प्रविधिले अन्तिम स्पिन चक्रमा उच्च गतिको घुमाइ र पानी प्रयोग गरी टबभित्र बाँकी रहने डिटर्जेन्ट र फोहोर हटाउँछ। त्यस्तै, १५ मिनेटको द्रुत धुलाई सुविधाले हल्का फोहोर कपडालाई कम समयमा प्रभावकारी रूपमा सफा गर्न सहयोग पुर्‍याउँछ।

सार्प प्रो-वास VIP २०२६ वाशर शृङ्खला आगामी जनवरी २०२६ देखि देशभरका अधिकृत डिलरमार्फत ८ केजी, ९ केजी र १० केजी क्षमतामा उपलब्ध हुने कम्पनीले जनाएको छ।