Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


कारबाहीपछि गगनकाे प्रतिक्रिया – ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’


1.1k
Shares

काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवापक्षधरले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेतालाई ५ वर्षका लागि कारवाही गरेकाे छ ।

उनले विशेष महाधिवेशन पक्षधर नै पार्टीको आधिकारिक कांग्रेस भएको दाबी गर्दै भने, “यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो। पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै छ। अर्को कुरा कांग्रेस नै हामी हौँ।”

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा बोल्दै थापाले भने, “हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि।

अब हामी अल्मलिनुपर्ने अवस्था रहेन। विशेष महाधिवेशनको मनोनयनको काम सकियो। नामावलीहरू सार्वजनिक हुँदैछ।