Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कांग्रेस विशेष महाधिवेशन पक्षबाट देउवालाई पठाइयो ८ बुँदे प्रस्ताव


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव अघि सारेको छ। प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने विषय समेटिएको छ।

त्यसैगरी पार्टीभित्रको आन्तरिक विवाद समाधान, संगठन सुदृढीकरण र विशेष महाधिवेशनको मिति तय गर्ने विषय पनि प्रस्तावमा समावेश गरिएको बताइएको छ। विशेष महाधिवेशन पक्षले सहमतिका आधारमा पार्टी एकताबद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिएको छ।

यस्ता छन् बुँदाहरू

प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

Skip This