Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कांग्रेस विशेष महाधिवेशनः गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदन पारित


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्रबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरू पारित भएका छन्।

महाधिवेशनको बन्दसत्रमा महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महामन्त्री शर्माले पार्टीको सांगठानिक अवस्थासम्बन्धी प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनहरूमाथि समूहगत छलफल भएपछि टोली नेताहरूले निष्कर्ष प्रस्तुत गरेका थिए।

छलफलबाट आएका सुझाव र निष्कर्ष समेट्दै आजै बन्दसत्रले दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो। प्रतिवेदन पारितसँगै कांग्रेसको आगामी राजनीतिक दिशा र संगठन सुदृढीकरणका विषयमा महाधिवेशनले स्पष्ट मार्गचित्र तय गरेको नेताहरूले बताएका छन्।

Skip This