Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै


3.8k
Shares


काठमाडाैं ।

नेपली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा कानुन व्यवसायीसँग छलफल गर्दैछन्।

आज दिउँसो ३ बजेपछि बस्ने गरी महाराजगन्जस्थित देउवा निवासमा छलफल आयोजना गरिएको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार छलफल केही बेरमै सुरु हुनेछ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएपछि पार्टीभित्रको राजनीतिक अवस्था थप जटिल बनेको छ।

विशेष महाधिवेशन जारी रहेको सन्दर्भ र पार्टीभित्र उत्पन्न हुनसक्ने सम्भावित परिस्थितिबारे रणनीति बनाउन सभापति देउवाले छलफल बोलाएका हुन्। छलफलमा संस्थापन पक्षका केही प्रभावशाली केन्द्रीय सदस्य र कानुन व्यवसायी पनि सहभागी हुने जनाइएको छ।

यसअघि आज बिहान नेता शेखर कोइरालाले पनि आफ्ना निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा कानुन व्यवसायीसँग परामर्श बैठक गरेका थिए। विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडि बढिरहँदा कांग्रेसका संस्थापन नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।