Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा


403
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् ।

पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।

कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’

उनले कांग्रेस कुनै बाहरूको पनि पार्टी नभएको भन्दै प्रश्न गर्न सक्ने पार्टी भएकाले कार्यकर्ताहरूको प्रयासले ज्युँदो कांग्रेस राख्ने प्रयास गरेको बताए ।

उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको भन्दै त्यहाँ दुई वटा महामन्त्रीले दुस्ख दिइरहेको भनेर सुझाव दिएको हुनसक्ने भन्दै यसअघि पनि विभिन्न घटनामा सुझाव दिने पनि आफूहरू नै रहेको बताए ।