Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की सहभागी


286
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी हुन उनी केहीबेर अघि पुगेकी हुन्।

चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो। पृथ्वीजयन्तीका अवसरमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत नेता–कार्यकर्ता तथा राजावादीहरूको उपस्थिति थियो। यस अवसरमा अध्यक्ष लिङ्देनसहितका नेताहरूले रक्तदानसमेत गरेका छन्।