काठमाडाैं ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भएका छन् ।
पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन् । आफ्नो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कर्तिमान धावक जितबहादुर केसीका समकालीन हुन् ।
खेलाडी जीवनपछि उनी प्रशिक्षणमा उत्तिकै ब्यस्त रहे । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाएका उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित मात्र गरेनन्, सफलतापूर्वक अगाडि बढाएका छन् ।
सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको म्याराथनमा किर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक थिए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अन्जन खड्काले रानाभाटलाई अवार्ड प्रदान गरे ।
स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङ सम्मानित भए । पोखरेली गुरुङले गतवर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् । गुरुङ झन्डै ३ दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिएका छन् । सन् २०१३ मा उनी हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्टले रानाभाटलाई अवार्ड प्रदान गरे । भारतका नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजतक पदक दिलाउने खोखो पुरुष र महिला टिमलाईटिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो ।
यसैगरी बङगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्ट् जर्नलिस्ट अवार्ड प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले हसनलाई अवार्ड प्रदान गरे । वर्ष खेलाडी पुरुष-महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो ।
२२ औँ संस्करण पोखरा महानगरपालिका प्रवर्धकको भूमिकामा रहेको छ । यसैगरी अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै रह्यो । यसैगरी पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको थिया । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका थिए ।





प्रतिक्रिया दिनुहोस्