Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा


676
Shares

कठमाडाैं । जेन्जी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षिय थापा लागूऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेको र जेन्जी आन्दोलमा क्रममा फरार भएका थिए ।

उनीसँगै लागूऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थली घर बताउने ३३ वर्षिय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षिया राशि गौतम र काठमाडौंको नक्साल घर बताउने २१ वर्षिय युनिक पोखरेल समेतलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले फागुन १९ गते दिउँसो करीव साढे १२ बजे लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेला पारेको छ । नियन्त्रणमा लिईएका चारै जनालाई आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित सम्बन्धित निकायमा बुझाईएको छ ।