Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको मृत्यु


715
Shares

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब २ बजे मतदान अधिकृत महतो अचानक बेहोस भएका थिए।

माधव नारायण नगरपालिका–६ घर भएका ४२ वर्षीय महतो हाल बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवको रूपमा कार्यरत थिए।

बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। दिउँसो करिब साढे २ बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी सरोज राईले जानकारी दिएका छन्।