Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनशिपका लागि २० सदस्यीय नेपाली टोलीकाे घोषणा


182
Shares

काठमाडाैं । साफ यू-२० च्याम्पियनशिपका लागि नेपाली टोलीकाे घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार धर्बेन्द्र कुँवरको कप्तानीमा २० सदस्यीय टोलीकाे घोषणा गरेको हो । साफ यू–२० च्याम्पियनशिप यहि मार्च २३ तारिखदेखि अप्रिल ४ तारिखसम्म माल्दिभ्समा हुने भएकाे छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित आयोजक माल्दिभ्स, भूटान र श्रीलंका रहेका छन् । समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका हुन् ।राउन्ड रोबिन लिगमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् ।

नेपाली टोलीमा अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, धर्बेन्द्र कुँवर (कप्तान) , गणेश पुलामी मगर, जोन विष्ट, निशानराज लवाट, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रणजित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुङ्गेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डङ्गोल रहेकाे एन्फाले जनाएकाे हाे ।

Skip This