Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


आगामी निर्वाचनका लागि ४ करोड मतपत्र छाप्ने आयाेगकाे तयारी

फागुन १० गतेभित्र सबै जिल्लामा पठाउने याेजना

260
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ।

आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याकाे बारे जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको हाे।

प्रवक्ता भट्टराईले प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्र अनुसार फरक-फरक हुने बताउनुभयाे। समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ। प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाकाे बारेमा निर्णय हुन बाँकी रहेको आयाेगले जनाएकाे हाे।