Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता


442
Shares

काठमाडाैं ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई आफ्ना मुद्दा चुनावबाटै अनुमोदन गराउन आग्रह गरेकी छन्।

मंगलबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले मुलुक निर्वाचनको माहोलमा प्रवेश गरिसकेको भन्दै सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित रहेको बताइन्।

असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न सुझाव दिँदै उनले शान्ति कायम राख्न आग्रह गरिन्। भेटमा प्रधानमन्त्रीले गौतम बुद्धको चित्र उपहार दिएकी थिइन्।