Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


मतगणनाको लागि एमालेको निर्वाचन समितिको बैठक बस्दै


1.2k
Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्नेकाम सकिएको छ।

चिप निकाल्ने काम सकिएपछि एमालेको निर्वाचन समितिको बैठक बस्ने भएको हो। बैठक सकिएपछि एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको काम शुरु हुने समितिले जनाएको छ।

एमालेको नेतृत्व चयनका लागि भएको मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो।