Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न महासचिवमा दोहोरिने निर्णय गरेकाे नेता पोखरेलकाे दावी

ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीकाे सामना गर्ने संकल्प

559
Shares

काठमाडाैं। नेकपा एमालेका नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ।

पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरु सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरु चल्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभएकाे छ।

नेता पाेखरेलले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरु सामना गर्ने संकल्प समेत आफूहरुले गरेको बताउनुभयो।