Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नेकपा एमालेकाे सचिवालय बैठक आज बस्दै

बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउने बारेमा छलफल गरिंने

247
Shares

काठमाडाैं । नेकपा एमालेले ११ औं महाधिवेशनको संघारमा सचिवालय बैठक बाेलाएकाे छ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएकाेछ। महाधिवेशन अघि सचिवालय बैठक बस्न लागेको हो। साेही बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउने बारेमा छलफल हुने नेताहरूले बताएका छन्।

गत भदौको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ जनामा झारे पनि नेताहरू व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या पुनस् १९ जना नै पुर्‍याउन खोज्नुभएकाे छ।केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय रहेको छ। यसलाई पनि बढाउने अध्यक्ष ओलीकाे तयारी रहेकाे हाे।

Skip This