Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी नियुक्त


156
Shares

काठमाडौं ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । नवनियुक्त निर्देशक पन्थीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिनुभएको छ ।

पन्थीलाई खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील हुदै आउनुभएको छ ।

नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासङ्घलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसक्नुभएका पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसक्नुभएको छ ।

यसअघि पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्राडा नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसकेका छन् ।