Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


जेनजी आन्दाेलन: क्षतिग्रस्त भवनको २ वर्षभित्र पुनर्निर्माण सक्छौंः सचिव सिग्देल


91
Shares

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरुको निर्माणका लागि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन लागिएको बताउनुभएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बुधबारकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मन्त्रालयले २ वर्षभित्र पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँकाे भनाइ छ। मध्यम प्रकारको क्षति भएका भवनहरुको काम ६ महिनादेखि १ वर्षभित्र सकिने उहाँले बताउनुभयो।

सचिव सिग्देलले क्षतिग्रस्त भवनको अध्ययन विज्ञहरुबाटै गर्न जरुरी रहेको बताउनुभएकाे छ। उहाँकाअनुसार मन्त्रालयको कार्ययोजना २ वर्षभित्र सबै पुनर्निमाणका कामहरु सक्नेछ। मध्यम क्षतिको ६ महीनादेखि १ वर्षभित्र निर्माण सकिने उहाँले बताउनुभयो।

त्यस्तै, बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चालु आर्थिक वर्षका कतिपय कार्यक्रमहरुमा छुट्याइएका बजेटहरु स्थगन गरिएको बताउनुभएको छ। उहाँले वार्षिक कार्यक्रम योजनाहरुमा बजेट कटौती भन्दा पनि स्थगन गरिएको बताउनुभयो। उहाँका अनुसार जेन–जी आन्दोनपछि बनेको सरकारले वार्षिक बजेटलाई पुनः प्राथमिकरण गरेको हो।

सचिव शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार जेनजी आन्दोलनका कारण भौतिक क्षति पुगेका कार्यालयहरुको पुनर्निर्माणको काम अघि बढासकिएको जानकारी दिनुभएकाे छ।