Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक (तस्बिरसहित)

'निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ एमालेकाे मूल नारा

416
Shares

काठमाडाैं। नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ।

एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसो ११औं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक गरिएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्मा अर्यालसहितका नेताहरुको उपस्थितिमा अध्यक्ष ओलीले प्रतिक चिन्ह सार्वजनिक गर्नुभयो। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा बनाएको छ।

एमालेले यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने भएकाे छ।