Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


खानी उत्खनन् तथा प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्छः अर्थमन्त्री खनाल


429
Shares

काठमाडाैं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले खानीहरुको उत्खनन तथा प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने अधिकार पूर्णतः प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभएको छ।

रुपन्देहीमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताउनुभएको हो। ठूलो प्रभाव पार्ने खानीको जिम्मेवारी केन्द्र सरकारले लिने र साना खानी तथा अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन प्रदेश तथा स्थानीय तहले गर्ने व्यवस्था कानुनमै सुनिश्चित गरिने उहाँको भनाइ छ। उहाँले आफ्नो कार्यकालको बाँकी कार्यावधिमै आवश्यक कानुनी संरचना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

फरक प्रसंगमा मन्त्री खनालले प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषित मितिमै हुने पनि बताउनुभएकाे छ।